About Us
Research Watch
•स्क्रिनमा देखिने चुरोट: सुर्तीजन्य हानि न्यूनीकरण नीतिमा दक्षिण एसियाले अझै के छुटाइरहेको छ•नेपालमा पिसाब नलीको संक्रमण र एन्टिबायोटिक प्रतिरोधको बढ्दो संकट•Frontline Perspectives on Nursing Leadership in Nepal•Protecting the Smallest Lungs from the Hidden Grip of RSV in Kathmandu•The Heavy Burden of Bullying on Student Wellbeing in Nepal•The Emerging Landscape of Thyroid Health in Central Nepal•How a Recent Western Nepal Study is Redefining Anemia Diagnosis•How H. Pylori is Impacting the Health of Karnali’s High-Altitude Communities•Sweet Poison, Bitter Reality: The Unseen Diabetes Epidemic Among Nepal’s Youth•How Missing Checklists and Protocols are Costing Lives in Nepal’s ERs•स्क्रिनमा देखिने चुरोट: सुर्तीजन्य हानि न्यूनीकरण नीतिमा दक्षिण एसियाले अझै के छुटाइरहेको छ•नेपालमा पिसाब नलीको संक्रमण र एन्टिबायोटिक प्रतिरोधको बढ्दो संकट•Frontline Perspectives on Nursing Leadership in Nepal•Protecting the Smallest Lungs from the Hidden Grip of RSV in Kathmandu•The Heavy Burden of Bullying on Student Wellbeing in Nepal•The Emerging Landscape of Thyroid Health in Central Nepal•How a Recent Western Nepal Study is Redefining Anemia Diagnosis•How H. Pylori is Impacting the Health of Karnali’s High-Altitude Communities•Sweet Poison, Bitter Reality: The Unseen Diabetes Epidemic Among Nepal’s Youth•How Missing Checklists and Protocols are Costing Lives in Nepal’s ERs
Healthcare Technology and Innovation

डिजिटल नेपालको स्वास्थ्य क्रान्ति: कागजी अभिलेखदेखि AI र स्वास्थ्य बुद्धिमत्तासम्मको यात्रा

By— Statistical Officer / Demographer
Published September 28, 2026Updated September 28, 2026

कार्यकारी सारांश

 नेपालको स्वास्थ्य क्षेत्रमा स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली (HMIS) केवल एउटा प्रशासनिक वा प्राविधिक औजार मात्र नभई प्रमाणमा आधारित स्वास्थ्य सुशासन (Evidence-based Health Governance) को मेरुदण्ड हो। जनस्वास्थ्यका कार्यक्रमहरूको प्रभावकारिता, स्रोतको न्यायिक वितरण, बजेट व्यवस्थापन र गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गर्न HMIS को भूमिका निर्णायक रहँदै आएको छ।   

digital-nepal-health
digital-nepal-health

१. ऐतिहासिक पृष्ठभूमि: कागजी अभिलेखबाट डिजिटल सूचनातर्फ

नेपालमा सन् १९९० को दशकभन्दा अघि विभिन्न राष्ट्रिय स्वास्थ्य कार्यक्रमहरू (खोप, औलो, परिवार नियोजन आदि) का आ-आफ्नै पृथक प्रतिवेदन प्रणाली थिए। यसले गर्दा कार्यस्थलमा दोहोरो अभिलेख र तथ्याङ्कको भारी उत्पन्न हुन्थ्यो।   

  • एकीकरण र पाइलट परीक्षण: वि.सं. २०५० (सन् १९९४) मा स्वास्थ्य सेवा विभागअन्तर्गत एकीकृत HMIS को औपचारिक सुरुवात भयो। यसलाई पूर्ण रूपमा लागू गर्नुअघि ६ वटा पाइलट जिल्लाहरू (धनकुटा, चितवन, सुर्खेत, कञ्चनपुर, मुस्ताङ र भक्तपुर) मा परीक्षण गरिएको थियो।   
  • देशव्यापी विस्तार: वि.सं. २०५२/५३ सम्ममा यो प्रणाली नेपालका सबै ७५ वटै जिल्लाहरूमा पूर्ण रूपमा विस्तार गरियो।   
  • कागजी प्रणालीका सीमाहरू: प्रारम्भिक चरणमा हस्तलिखित रजिस्टर र मासिक प्रतिवेदन प्रयोग हुन्थ्यो, जसका कारण तथ्याङ्क संकलनमा ढिलाइ (Lag time), मानवीय त्रुटि, तथ्याङ्कको दोहोरोपन र नीति निर्माणमा समयमै प्रयोग हुन नसक्ने समस्या थियो।   
  • डिजिटल रूपान्तरण: हाल यस प्रणालीलाई प्रविधिमैत्री बनाउँदै DHIS2 (District Health Information System) सफ्टवेयरमार्फत अनलाइन (IHMIS) मा जोडिएको छ। सन् २०२५ जुन २७ देखि यस प्रणालीलाई स्तरोन्नति गरी नयाँ 2.40.9-SNAPSHOT भर्सनमा सञ्चालनमा ल्याइएको छ।   


२. वर्तमान स्थिति: डिजिटल पूर्वाधार र DHIS2 को प्रयोग

विगत एक दशकमा नेपालको HMIS ले लोभलाग्दो डिजिटल फड्को मारेको छ।   

  • बहु-प्रणालीको उपस्थिति: e-HMIS मार्फत अनलाइन तथ्याङ्क प्रविष्टि हुनुका साथै LMIS (औषधि आपूर्ति व्यवस्थापन), EHR (अस्पतालको इलेक्ट्रोनिक स्वास्थ्य रेकर्ड), Tracker Systems (MNH, खोप) र MPDSR (मातृ मृत्यु अनुगमन) जस्ता डिजिटल प्लेटफर्महरू सञ्चालनमा छन्।   
  • नीतिगत आधार: नेपाल स्वास्थ्य क्षेत्र रणनीतिक योजना (NHSS 2023–2030) र Digital Health Blueprint ले डिजिटल प्रविधिलाई एकीकृत व्यवस्थापन र नीतिगत निर्णयको मुख्य आधार मानेका छन्।   


३. प्रमुख समस्या तथा चुनौतीहरू

डिजिटलाइजेशनका बाबजुद नेपालको HMIS मा विभिन्न संरचनागत तथा प्राविधिक चुनौतीहरू कायमै छन्:

  • अन्तरसञ्चालनशीलताको अभाव (Data Silos): HMIS, EWARS, SORMAS, EHR, LMIS, CRVS (घटना दर्ता) र बिमा प्रणाली गरी करिव १० भन्दा बढी प्रणालीहरू अलग-अलग विकसित भएकाले तिनीहरूबीच तथ्याङ्क आदानप्रदान हुन सकेको छैन। यसले गर्दा स्वास्थ्यकर्मीहरूलाई एउटै तथ्याङ्क धेरै ठाउँमा भर्नुपर्ने दोहोरो कामको बोझ (Reporting Burden) छ।   
  • तथ्याङ्कको गुणस्तर र विश्वसनीयता: दूरदराजका स्वास्थ्य संस्थाहरूबाट समयमै प्रतिवेदन नआउनु, सूचक, शब्दावलीमा मानकीकरण तथा Meta data को कमी हुनु र संकलित विवरणको सही पुनरावलोकन (Verification) नहुनु।   
  • पूर्वाधार र दक्ष जनशक्ति: ग्रामीण भेगमा निरन्तर इन्टरनेट, विद्युत् र उपकरणको कमी छ। साथै, तथ्याङ्क प्रविष्टि गर्ने कर्मचारीमा डिजिटल साक्षरता, डाटा सुरक्षा र Stata, 'R', SPSS जस्ता आधुनिक विश्लेषण तालिमको अभाव छ।   
  • क्यालेन्डर सम्बन्धी चुनौती: DHIS2 अङ्ग्रेजी क्यालेन्डरमा आधारित रहेको तर नेपालमा विक्रम संवत् (नेपाली क्यालेन्डर) प्रयोग हुने भएकाले अन्तर्राष्ट्रिय क्यालेन्डर मिलानमा समस्या हुने गरेको छ।   
  • अन्य सीमाहरू: साइबर सुरक्षा र व्यक्तिगत स्वास्थ्य विवरणको गोपनीयता सम्बन्धी स्पष्ट कानुनको पालना नहुनु, वित्तीय दिगोपनका लागि वैदेशिक सहायतामा अत्यधिक निर्भरता, र सर्वसाधारण/शोधकर्ताहरूका लागि सूचनामा सहज पहुँच नहुनु।   


४. आगामी मार्गचित्र (Way Ahead) र रणनीतिक स्तम्भहरू

HMIS लाई परम्परागत प्रतिवेदन प्रणालीबाट स्वास्थ्य बुद्धिमत्ता प्रणाली (Health Intelligence System) मा रूपान्तरण गर्न निम्न ५ रणनीतिक स्तम्भहरूमा कार्य गर्नुपर्छ:   

  • स्तम्भ १: राष्ट्रिय डिजिटल हेल्थ गभर्नन्स: Digital Health Blueprint को पूर्ण कार्यान्वयन र अधिकारसम्पन्न नियमन निकायको क्रियाशीलता।   
  • स्तम्भ २: मानकीकरण र SIL-Nepal: SIL-Nepal मार्फत HL7 FHIR र ICD-11 जस्ता विश्वव्यापी मापदण्ड लागू गरी National Health ID र Health Facility Registry को निर्माण गर्ने।   
  • स्तम्भ ३: प्रणालीको एकीकृत ढाँचा: HMIS, EHR, LMIS र CRVS बीच API-based Integration मार्फत विवरण दोहोरिन नदिने व्यवस्था मिलाउने।   
  • स्तम्भ ४: उन्नत प्रविधि र AI को प्रयोग: महामारीको पूर्वसूचना (Early Warning) र औषधि आपूर्तिको पूर्वानुमानका लागि AI, GIS Mapping र Predictive Analytics को प्रयोग गर्ने।  हालै भोटेकोशीमा आएको बाढि सम्वन्धमा भारत तथा चीनसंग समेत समन्वयमा रही अन्तरदेशिय बाढी पहिरोको पूर्वसूचना र उक्त प्रणालीमा AI, GIS Mapping र Predictive Analytics को प्रयोग गर्न सकी समयमै जानकारी दिएको भए देशले यति ठुलो धनजनको क्षति ब्यहोर्नु पर्ने थिएन ।
  • स्तम्भ ५: तथ्याङ्क प्रयोगको संस्कृति: "Data → Insight → Decision → Action" को चक्रलाई स्थानीय तहसम्म संस्थागत गर्ने।   


५. कार्यान्वयन तालिका (Implementation Timeline)

  • अल्पकालीन (०–१२ महिना): National Health ID र Health Facility Registry को मापदण्ड अन्तिम रूप दिने, SIL-Nepal मार्फत Interoperability परीक्षण गर्ने र त्रैमासिक ड्यासबोर्डमार्फत तथ्याङ्कको पहुँच खुला गर्ने।   
  • मध्यकालीन (१–३ वर्ष): HMIS, EHR र LMIS बीच एकीकरण पूरा गर्ने, समयमै HMIS Targets उपलब्ध गराउने तथा R, STATA, SPSS, GIS जस्ता क्षमता अभिवृद्धि तालिम सञ्चालन गर्ने।   
  • दीर्घकालीन (३–५ वर्ष): AI, Predictive Analytics, real-time dashboards,  र पूर्ण एकीकृत राष्ट्रिय हेल्थ डाटाबेसको स्थापना गर्ने।   
  • छिमेकी देशहरु (भारत ,चीन), जल तथा मौषम विज्ञान विभाग स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयसंग समन्वय गरी आकस्मिक बाढि, महामारी लगायतका प्राकृतिक विपत्तिको  अन्तरदेशिय पूर्वसूचना (Early Warning System) प्रणालीको स्थापना गर्ने ।


निष्कर्ष

नेपालको स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली रूपान्तरणको यात्रा "Paper → Digital → Integrated → Intelligent → Action-oriented" हुनुपर्छ। सफलताको मापन निर्मित सफ्टवेयर वा ड्यासबोर्डको संख्यामा होइन, उपलब्ध सूचनाले नागरिकको स्वास्थ्य सेवामा पारेको सकारात्मक प्रभावमा निर्भर हुन्छ। आगामीHMIS रोडम्याप केवल प्रविधिमैत्री मात्र नभई सुशासन, अन्तरसञ्चालनशीलता, डेटा सुरक्षा र प्रमाणमा आधारित निर्णय प्रक्रियामा केन्द्रित हुनु अपरिहार्य छ।   



Share this article

About the Author
Written By
BP
Bhola Prasad Roka
Bhola Prasad Roka, M.Phil in Educational Leadership (T.U.)
Statistical Officer / Demographer

Bhola Prasad Roka is a Statistical Officer and Demographer serving at the Family Welfare Division (FWD) under the Department of Health Services (DoHS), Ministry of Health and Population, Nepal. Holding an M.Phil in Educational Leadership from Tribhuvan University, he specializes in health demography, population data analysis, and statistical evaluation within public health frameworks.

Related Content